latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

याक्थुङ सिने अवार्ड चलचित्र  `खोक्पाले हात पारे

 

https://youtu.be/43FJOlL7UdI

[][]

धरान । धरानमा सम्पन्न प्रथम याक्थुङ सिने अवार्डमा उत्कृष्ट चलचित्र रुपमा `चे´घोषित गरेको छ । त्यसैगरी लघु चलचित्र खोक्पा सर्वोत्कृष्ट घोषित भए ।

धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अडिटोरियम मंसिर १८ गते भएको कार्यक्रममा `चे´र `खोक्पा´चलचित्रले उत्कृष्ट अवार्ड हात पारेका हुन ।
अवार्डको अर्को बिधामा उत्कृष्ट निर्देशक दिनेश माङमु युक्पुङबाट सर्वोत्कृष्ट घोषित गरे ।

 

नायकमा किशोर सम्बाहाम्फे माङ्गेनाबाट उत्कृष्ट घोषित गरेका थिए । त्यसैगरी उत्कृष्ट नायिकामा नायिका बिमला खजुम चेबाट घोषणा गरेका थिए । त्यसैगरी उत्कृष्ट चरित्र अभिनेतामा सिडी बेघा हाङनान्दबाट र उत्कृष्ट चरित्र अभिनेत्री चरित्र अभिनेत्री डम्बर कुमारी पयाङ्बो सुगुपबाट घोषित भए ।

नव नायकमा राज श्रेष्ठ सिकुमबाट र नव नायिका निसाम तुम्बापो लोजिमा चलचित्रबाट भएका थिए । सर्वोत्कृष्ट पब्लिक चोइसतर्फ चलचित्र सुगुपले हात पारेका थिए ।

चलचित्रतर्फ खोक्पासंगै उत्कृष्ट निर्देशकमा प्रकाश लिम्बुले अवार्ड हात पारे । लघु चलचित्रतर्फ सर्वोत्कृष्ट चरित्र अभिनेता र अभिनेत्रीमा अभिनेता – कर्ण सम्बाहाम्फे इछिङ र मिना हुक्पा चोङवाङलाई घोषित गरे ।

सर्वोत्कृष्ट नायक नायिकातर्फ नायक तिरज लिम्बु खोक्पा नायिका -बिमला थोक्लिहाङ -इछिङ घोषित भए । त्यसैगरी सर्वोत्कृष्ट पब्लिक चोइसतर्फ खोक्पाले अवार्ड प्राप्त गरे ।

लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, याक्थुङ भाषाबिद् तथा कलाकार याशेली योङ्हाङ, कलाकार, निर्माता तथा याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो मुख्य निर्णायक रहेको टिमले प्रथम सिने अवार्डमा सहभागी चलचित्रबाट छनोट गर्दै अवार्ड प्रदान गरेका थिए ।

लालिगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङको प्रमुख आतिथ्यमा कार्यक्रम भएका थिए । याक्थुङ चलचित्रकर्मी संघका मिना सिंघकले पहिले सिने अवार्डसंगै अर्को वर्षदेखी अन्तरास्ट्रिय याक्थुङ सिने अवार्डको आयोजना गरिने जानकारी दिए ।

कार्यक्रममा लेखक चरित्र अभिनेता उपेन्द्र सुब्बा,धरान उपमहानगरका उपमेयर आनिद्र बेघा, पुर्व मिस नेपाल माल्भिका सुब्बा लगायत अन्य तामाङ भाषा भुजेल भाषा लगायतका चलचित्रकर्मी संघका प्रतिनिधिहरुको उपस्तिथि रहेका थिए । [][]

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय