latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

श्रमदानबाट महिला दिदिबहिनीले मौनता क्षेत्र बनाएर स्थानीय सरकारलाई हस्तान्तरण

(भिडियो सहित)

 

https://www.facebook.com/share/v/1E3gd9z1D4/

 

धरान । दाताहरुको आर्थिक जिन्सी सहयोगबाट करिब १७ लाख रुपैयाँमा निर्माण गरिएको मौनता क्षेत्र उद्घाटनपछि धरान उपमहानगरलाई हस्तान्तरण गरिएको छ ।

स्वतन्त्र दिदिबहिनी समूहले निर्माण कार्य शुरु गरेपछी मंसिर ११ गरे मेयर हर्क साम्पाङबाट उद्घाटन गरि हस्तान्तरण गरिएको छ । श्रम संस्कृति पार्कमा स्वतन्त्र दिदिबहिनी समूहले गरेको यो तेस्रो काम हो । यस अघि एस्डिबी रोज गार्डन् सम्पन्नपछि झाँक्री दह सम्पन्न गरेको कुरा मेयर हर्क साम्पाङले बताए ।अब अर्को तेस्तै जिम्मेवारी काम दिने भन्दै स्वतन्त्र महिला दिदिबहिनी जोडिन आग्रह गरे ।मौनता क्षेत्र निर्माण सम्पन्न गर्न धरान उपमहानगरको कुनै लगानी नभै दाताहरुको सहयोगमा काम भएको साङ्पाङले बताए ।

निर्माण कार्य सम्पन्न गर्न हिरा गुरुङ्को अध्यक्षतामा समिति गठन गरि जिम्मेवारी दिएका थिए । निर्माण कार्यको अवधिमा ८१ जना दाताहरुले आर्थिक जिन्सी लगायतको सहयोग उपलब्ध गरिएको कुरा आय व्यय प्रस्तुत गर्दै सुनिता बडामाले जानकारी दिए ।

कोषाध्यक्षका अनुसार दाताबाट १० लाख १६ हजार २५२ रुपैया उपलब्ध भएका थिए । त्यसैगरी टाली बिक्रिबाट ४५ हजार र झाँक्री दहमा बचत रहेको ५ हजार सहित कुल १० लाख ६६ हजार ३५१ रुपैया भएको जानकारी दिए ।

महिला दिदिबहिनीहरु जम्मा ९९ जनाले ११४८ दिन श्रमदान गरेको पनि जानकारी दिए । जसलाई दैनिक ६ सय रुपैयाको ज्याला हिसाब गर्दा ६ लाख ८८ हजार ८०० रहेको बताए । निर्माण सामग्री मिस्री ज्याला कार्यक्रम खर्च सबै गरि ९ लाख ९१ हजार ३१६ रुपैया खर्च देखाएको छ । जस्मा श्रमदान बापत समेत जोडेर मौनता क्षेत्र सम्पन्न गर्न कुल १६ लाख ८० हजार ११६ रुपैया लागेको जानकारी दिए ।

ग्रीन बुद्धको मुर्ती समेत राखेर बनाएको पार्क जसलाई मौनता क्षेत्रको नाम दिएको छ ।यस क्षेत्रमा कोहि बोल्न पाउने छैन । प्रेमिकाप्रेमी समेत जाँदा पनि त्यहाँ बोल्न नपाउने मेयरले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय