latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं। अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआइ)को गोप्य दस्तावेजमा एलियनको उडनतश्तरी देखिएको कुरा उल्लेख भएको पाइएको छ । एफबीस्आइका फाइलहरुको दस्तावेजमा युएफओ देखिएको, ती यानहरु २७ हजार माइल प्रतिघण्टाको गतिमा यात्रा गरेको र त्यसपछि दुर्घटनाग्रस्त भएको जस्ता कुराहरु पनि उल्लेख छन् । यस्तोमा एक पटक फेरि दोस्रो संसारको चर्चा सुरु भएको छ ।

बेलायती अखबार द सनको एक रिपोर्टअनुसार एफबीआइका दस्तावेजहरुमा आकाशमा रहस्यमय वस्तु देखिएको बारेमा उल्लेख छ । साथमा १९४० को दशकदेखि युएफओका घटनामा कसरी वृद्धि भयो भन्ने बारेमा पनि उल्लेख छ । दस्तावेजमा दावी गरिएको छ कि विगत केही वर्षमा सयौं युएफओ देखिएका छन् ।

यतिमात्र होइन आकाशमा अनौठो विमान गथित रुपमा हाइपरसोनिक गति २७ हजार माइल प्रतिघण्टाको गतिमा उडिरहेको देखिएको पनि दस्तावेजमा उल्लेख छ । यस क्रममा एक पटक यो यान दुर्घटना समेत भएको थियो जसमा कोही पनि जीवित बचेका थिएनन् । दावी गरिएअनुसार दुर्घटनास्थलमा तीन शव भेटिएका थिए र यी शव एलियनका थिए ।

रिपोर्टमा अगाडि भनिएको छ ‘मानव आकारका तीन जना थिए जो केवल ३ फिटका थिए । उनीहरुले धेरै पातलो बनावटका धातुका कपडा लगाएका थिए ।’ दस्तावेजमा एक–दुई होइन दर्जनौं पटक एलियन देखिएको उल्लेख छ । यो दस्तावेज जूनमा पेन्टागनको एक रिपोर्टपछि आएको छ जसमा अमेरिकाले पहिलो पटक स्वीकार गरेको छ कि अज्ञात वस्तुहरुलाई एलियनको उडन तश्तरी मानिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय