latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी
2024-8-23 / 2081-05-7 1:55 pm

विविधदमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १४ जनाको शव निकालिएको छ ।

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले उद्धार गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा ३५ जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा ६ जना यात्रु अझै बेपत्ता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय