latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौंको न्युरोड क्षेत्र पुनः तनावग्रस्त बनेकाे छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि डोजर चलाउन खोज्दा डोजरमाथि नै चढेर स्थानीयले विरोध गरेपछि न्युरोड क्षेत्र पुनः तनावग्रस्त बनेकाे हो ।

शुक्रबार बिहानै फुटपाथ विस्तार गर्न भन्दै महानगरको टोली डोजर लिएर न्युरोड पुगेको थियो ।

तर स्थानीयले दिनभरि अवरोध गरेपछि महानगरले फुटपाथ विस्तारको काम अगाडि बढाउन सकेको थिएन ।

महानगरले अपरान्ह डोजर चलाउन खोजेपछि डोजरमाथि नै चढेर स्थानीयले पुनः अवरोध सिर्जना गरेका छन् ।

उच्च अदालत पाटनले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिए पछि महानगरले बुधबारदेखि नै पुनः काम सुरु गरेको थियो ।

यसअघि काठमाडौं महानगरले न्युरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काएको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सो ठाउँमा पुनः कालोपत्रे गरेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो ।

सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले सहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्युरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले महानगरलाई लेखेको पत्र कार्यान्वयन नगर्न भने पछि महानगरले काम थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय