latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

जनकपुरधाम(धनुषा), २७ कार्तिक । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा छठ पर्वको विवादले बढेर मुठभेडमा परिणत भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सुरु भएको थियो । सोही विषयलाई लिएर शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था तनावपूर्ण बनेको हो ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने झडपको क्रममा दुई जना प्रहरीसहित तीन जना घाइतेसमेत भएका छन् ।

झडपमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला समेत गरी तीन जना घाइते भएको प्रहरीको भनाइ छ । प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताउनुभएको छ ।

अवस्था नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति ०७८ कार्तिक २७ देखि दिउँसो २ बजेदेखि कार्तिक २८ को राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय