latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

बेदकोट (कञ्चनपुर), २ कात्तिक : ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका साना ठूला बजारमा चहलपहल बढेको छ । पछिल्लो केही दिनययता बजार क्षेत्रमा किनमेल गर्नेको भीड लाग्ने गरेको छ ।

 

 

अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी दुर्गादत्त भट्टले बताउनुभयो । “चाडबाडमा मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लत्ताकपडा तथा सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ”, उहाँले भन्नुभयो ।

चाडबाडको समय सुरु भएकाले बजारमा भीडभाड बढेको महेन्द्रनगरकै अर्का व्यापारी जयसिंह भण्डारीले बताउनुभयो । “बजारमा भीडभाड बढेकाले व्यापार हुने आशा छ”, उहाँले भन्नुभयो, “अरु समयभन्दा चाडबाडमा बढी व्यापार हुने गर्छ ।”

गाउँ सहरमा दसैँ तिहारको रौनक छाएको छ । चाडबाडले घरबाट टाढा रहेका घर फिर्ती भएका छन् । चाडबाडको किनमेल सुरु भइसकेको छ । सुस्ताएको व्यापार चाडबाडले चलायमान बनाउने व्यापारीको विश्वास छ ।

बजारमा चहलपहल भए पनि व्यापार भने मन्द रहेको उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले बताउनुभयो । “चाडबाड सुरु भइसक्दा पनि अझै व्यापार चलायमान हुन सकेको छैन, आर्थिक मन्दी छ”, उहाँले भन्नुभयो, “व्यापार खस्किँदै गएको छ ।”

कोरोना महामारीपछि व्यापार व्यवसाय निकै धरासायी भएको उहाँको भनाइ छ । घर बाहिर रहेकाहरु आफू रहेको ठाउँमै चाडबाड मनाउन थालेपछि बजारमा चहलपहल घटेको अध्यक्ष जोशीले बताउनुभयो ।

“भारत तथा विदेशमा रहेका पनि चाडबाड त्यतै बनाउन थाले, त्यसैले पुख्र्यौली थातथलोमा चहलपहल विगतको तुलनामा निकै कम छ”, उहाँले भन्नुभयो, “महङ्गाइ पनि निकै बढेको छ, त्यसैले पनि विगतको जस्तो व्यापार छैन ।”

नेपाली बजारभन्दा भारतीय बजारमा सामान सस्तो पाइने हुनाले उपभोक्ता किनमेलका लागि सीमावर्ती भारतीय बजार जाने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय