latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

कार्तिक २५, धरान / बाह्रौ राष्ट्रिय जनगणनाको पहिलो दिन बिहान ८ बजेबाट गणना शुरु भएको छ । जनगणनामा नेपाल आदिवासी जनजाति महासंघ सुनसरीले यसको अनुगमन गरिएको छ ।

पहिलो दिनको अनुगमनमा धरान उपमहानगर वडा नम्बर १७ मा गणकले पेन्सिलले टिपोट गरेको भेटाएको कुरा नेपाल शेर्पा संघ केन्द्रिय सदस्य तेन्जिङ शेर्पाले बताए । घरघरमा खटिएका गणकले पेन्सिलले टिपोट गरेको जानकारी आफुकहाँ आएपछि सोधपुछ गरेको बताए । पेन्सिलले लेखेको बिषय आपत्ति जनाउदा त्यसलाई डटपेनले जस्ताको तेस्तै लेख्ने प्रतिक्रिया दिएको बताए । आफ्नो घरमा तथ्यांक टिप्दा पेन्सिलले टिपेको देखेपछि डट्पेनले टिप्न सुझाब दिएको कुरा धरान वडा नम्बर १७ का निमा शेर्पाले बताए । पेन्सिलले टिपेको प्रती आपत्ति जनाउदा दोहोरो घरपरिवार टिप्नुपरेकोले भराई सच्याउन भनेको जवाफ दिएको बताए । निमाले गणकलाई समय लागे पनि डटपेनले नै भर्न दवाब दिएपछि अहिले डट्पेनले नै भरिरहेको जानकारी दिए । यस बिषयमा सुनसरी जिल्ला जनगणना शाखा इटहरीका प्रमुख जनक काफ्लेसंग कुरा राख्दा पेन्सिलले लेख्न नपाउने बताए । काफ्लेले पहिलो दिन दिन भएर रफ गरिएको होला तर पेन्सिलले लेख्न नपाउने बताए । स्थानीयले आपत्ति जनाएपछि भने अहिले डटपेनले नै लेख्न थालेको कुरा तेन्जिङ शेर्पाले जानकारी दिए ।

 

त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीका अध्यक्ष राम मान्डुपा राईको घरमा आएको गणकले आफू नभएको अवस्थामा पुर्ख्यौली भाषा वान्तबा टिपाउदा इनकार गरेको र दोस्रो भाषाको महलमा जबर्जस्ति नेपाली भाषा लेख्नुपर्ने दवाब दिएको घरबाट जानकारी आएको बताए । अध्यक्ष राईले यहि हिसाबमा फेरि पनि सहि तथ्यांक आउनेमा आशंका गरे ।

श्रोत : chisephayu.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय