latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

लेखनाथ (कास्की) २६ असोज : पोखराको मुख्य बजार महेन्द्रपुलमा अत्यधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

 

 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र पोखरा महानगरपालिकाको साझेदारीमा रु ९५ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । उक्त शौचालयको आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष रविना थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

पोखरा–९ महेन्द्रपुलको सार्वजनिक जग्गामा रहेका जीर्ण भवनहरु विस्थापित गरी आठ आना क्षेत्रफलमा निर्माण गरिएको अपाङ्गमैत्री शौचालयमा चमेना गृह, बगैँचा र शौचालयभित्र स्तनपान कक्षसहित सेनेटरी प्याड पनि उपलब्ध हुने छ । महिला–पुरुष उक्त सार्वजनिक शौचालय केही दिनभित्र नै सञ्चालनमा ल्याइने छ ।

अत्याधुनिक सार्वजनिक शौचालय निर्माणसँगै पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई अप्ठ्यारो परिस्थितिमा दिसापिसा गर्नका लागि सहजता मिल्ने विश्वास स्थानीय एवं समाजसेवी नरेन्द्र लालचनले बताउनुभयो । गैरआवासीय नेपाली सङ्घको रु ६० लाख र पोखरा महानगरपालिकाको रु ३५ लाख गरी ९५ लाखमा निर्माण बगैँचासहितको अत्याधुनिक शौचालयको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त शौचालय पोखराकै नमूना बनेको बताउनुभयो ।

शौचालय परिसरमा चमेनागृहसहित स्तनपान कक्ष र सेनेटरी प्याडको पनि व्यवस्था गरिएको नगरप्रमुख आचार्यको भनाइ छ । शौचालय निर्माणसँगै यसको उचित सदुपयोग र संरक्षण गर्ने दायित्व प्रयोगकर्ता सबैको भएको उहाँले बताउनुभयो ।

“शौचालयमा जम्मा हुने दिसापिसावबाट बायो ग्यास निकालेर चमेनागृहमा प्रयोग गरिने योजना महानगरले अगाडि सारेको छ”, प्रमुख आचार्यले भन्नुभयो, “चमेनागृह आसपासमा चौतारी निर्माण गरिने छ भने अधिकांश ठाउँ खुल्ला रहने छ ।”

एनआरएनएका अध्यक्ष एवं मेगा प्रोजेक्ट संयोजक रविना थापाले शौचालय निर्माणले पोखराको स्वच्छता प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घले पोखरा महानगरपालिकाको साझेदारीमा अन्य योजना निर्माण गर्ने तयारीमा रहेको अध्यक्ष थापाको भनाइ छ ।

पोखरा महानगरपालिकाभित्र हाल १५ स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय सञ्चालन छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय