latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

नेपालगञ्ज २१ असोज : नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।

 

यही असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइ रातिको कफ्र्यू कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि कम गरिएको हो । जसले गर्दा विद्यालय र कलेज सञ्चालनमा आएका छन् भने बजारमा पनि केही पसल खुलेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना जारी गर्दै बिहान १० देखि राति १० बजेसम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा कायम गरेको जनाएको छ ।

दिउँसो कर्फ्यु हटे पनि उपमहानगरपालिका क्षेत्रभित्र बिहान १० देखि राति १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न पाइने छैन । साथै हूलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय