latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौं । टिभी सो मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री निरौला बाहिरिएसँगै छक्का पञ्जा सिरिजबाट जितु नेपाल बाहिरिने गाइँगुइँ चल्यो । यसैसाता हलमा रिलिज भएको ‘छक्कापञ्जा-४’ टीजरमा समेत जितु नदेखिएपछि उक्त आशंकामा बल मिलेको छ ।

व्यक्तिगतरुपमा सम्बन्ध नबिग्रिएको बताउने गरेपनि व्यवसायिकरुपमा भने दीपकराज गिरीको टीम र जितु नेपालबीच व्यवसायिक सम्बन्ध अहिले छैन । जितु छक्कापञ्जा टीमबाट बाहिरिएपछि निर्मल शर्माको रि-इन्ट्री भएको अनुमान गरिएको छ ।टीजरमा जितु नदेखिएपछि दर्शकले समेत उनी सिरिजमा नआउने हुन् कि भनेर अड्कलबाजी गरिरहेका छन् ।

यो अनुमान किन पनि सहि छ भने स्वयम स्क्रिप्ट लेखक, निर्माता एवं अभिनेता गिरीले समेत छक्कापञ्जा-४ मा जितुको संलग्नता हुने कुरा निश्चित नभएको बताए ।‘अहिलेलाई उहाँको निरन्तरबारे निश्चित छैन । उहाँ हुन पनि सक्नुहुन्छ र नहुन पनि । पुुरानै कथाले निरन्तरता पायो भने उहाँ हुनुहुनेछ र नयाँ कथामा आएमा उहाँको भूमिका हुँदैन ।

हामी स्क्रिप्टमा बसिरहेका छौं’ दीपकले भने । जितुले भने, ‘मैले छक्का पञ्जा ४’ को टिजर देखाइएको बारे सुनेँ मात्र, हेर्न पाएको छैन। फिल्म आगामी दसैंतिर सार्वजनिक हुने भनिएको छ। अहिलेदेखि मनमुटाव बढेको भनेर हल्ला गरिनु ठिक होइन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय