latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौँ ९ असोज ः श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरत् सिंह भण्डारीले संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको बताउनुभएको छ ।

 

 

आज काठमाडौँमा भएको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी राष्ट्रिय सम्मेलनमा उहाँले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो । मन्त्री भण्डारीले सरकार, निजी क्षेत्र र दातृ निकाय तथा सङ्घसंस्थाको सहकार्यमा मात्रै सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने भएकाले सामूहिक प्रयास महत्वपूर्ण हुने बताउनुभयो ।

सबै नागरिकलाई खानेपानी र सरसफाइको पहुँचमा पु¥याउन बहुआयामिक विषय जोडिने भएकाले ती क्षेत्रको पनि सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले यो सम्मेलनले एउटा दिशानिर्देश गर्ने बताउनुभयो । मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको यो विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामुलक समाज निर्माणमा महत्वपूर्ण फड्को मार्ने पनि उल्लेख गर्नुभयो । उहाँले चुरे भावर क्षेत्रमा पानीको सतह तल गइरहेको सन्दर्भ जोड्दै उक्त समस्या न्यूनीकरणका लागि पनि काम गर्नु जरुरी रहेको छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय