latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

मकवानपुर, ८ असोज : मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

 

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।

ओपिडीमा परीक्षण गर्न आएकामध्ये हाल ८५ जना बिरामीलाई आन्तरिक कक्षमा भर्ना गरी उपचार भइरहेको अस्पतालमा मेसु डा रामचन्द्र सापकोटाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको दुर्गम क्षेत्रबाट पनि भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

जिल्लाको थाहा नगरपालिकाका साथै आठ गाउँपालिकाको विभिन्न वडा र टोलमा भाइरल ज्वरोबाट नागरिक प्रभावित भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय पालिकामा रहेका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायत निजी अस्पतालमा समेत केहीदिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । उहाँले जिल्लाका सबै स्वास्थ्य कार्यालय तथा स्वास्थ्यमा आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्पर्कमा राखी छिटोछरितो उपचार सेवा पु¥याउन निर्देशन दिइएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय