latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

मुगु, ८ असोज: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराउनुभएको छ ।

 

 

मुख्यमन्त्री शर्मासहित भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको टोली आगलागी क्षेत्रको स्थलगत निरीक्षण गरी पीडित परिवारलाई प्रदेश सरकारका तर्फबाट राहत उपलब्ध गराउनुभएको हो ।

सो अवसरमा मुख्यमन्त्री शर्माले पीडित परिवारसँग कुराकानी गरी समस्याबारे जानकारी पनि लिनुभएको थियो । मुख्यमन्त्रीसँग पीडित परिवारले जलेका घरको पुनःनिर्माण, विस्थापितलाई उचित राहतको व्यवस्था गर्दै पुनःस्थापना र तत्काल बस्न र खानाको व्यवस्था मिलाइदिन माग गरेका थिए ।

आगलागी पीडित पद्मराज मल्लले मुख्यमन्त्री समक्ष घटना र क्षतिबारे विस्तृत जानकारी गराउनभएको थियो । आगलागी पीडित लक्ष्मी मल्लले आफ्नो होटेल जलेर पूरै खरानी भएको र लगाउने लुगासम्म पनि केही बचाउन नपाएको बताउनुभयो । उहाँले उचित व्यवस्थापन तथा व्यवसाय सुरु गर्नका लागि राहतको अपेक्षा गरेकोे मुख्यमन्त्री शर्मा समक्ष गुनासो गर्नुभयो ।

आगलागी क्षेत्रको स्थलगत निरीक्षणपछि मुख्यमन्त्री शर्माले जिल्ला प्रशासन कार्यालय मुगुमा पीडित परिवारलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गर्नुभएको थियो । राहत वितरण गर्दै उहाँले थप राहत सामग्रीदेखि जलेका घर र व्यवसाय पुनःनिर्माण, पुनःस्थापनाका लागि प्रदेश सरकारबाट उचित निर्णय लिने आश्वासन दिनुभएको थियो ।

आगलागी पीडित २३ घरपरिवारलाई मुख्यमन्त्री शर्माले चामल, दाल, म्याट, पाल, सिलिन्डर, चुलो, कुकर, थालीलागायतका सामान वितरण गर्नुभएको थियो । प्रदेश सरकारले प्रतिघर रु तीन लाख दिने निर्णय गरिसकेकाले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम पुनःनिर्माणका पठाइने उहाँको भनाइ छ ।

गत शुक्रबार राति १२ बजे मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा कालिका मालिका मन्दिरको उत्तर दिशातिर रहेका आठ घर पूर्णरुपमा, तीन घर आंशिक र नौ व्यावसायिक पसल जलेर नष्ट भएका थिए । आगलागीबाट २८ परिवारका ९५ सदस्य प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय