latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौ, १ असोज : नेपाली सेना, सैनिक श्रीमती सङ्घले अपाङ्गता भएका बालबालिका सहयोगार्थ सैनिक मुख्यालय जङ्गी अड्डास्थित सभामण्डपमा यही असोज ५ गते वरदान सुर सन्ध्या साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।

 

नेपालका ख्यातिप्राप्त कलाकारको विविध प्रस्तुतिहरु समेटिने कार्यक्रमबाट सङ्कलित हुने रकम अपाङ्गता भएका बालबालिकाको हितमा खर्च गरिने सङ्घले जनाएको छ ।

नेपाली सेनामा कार्यरत वहालवाला तथा अवकाश प्राप्त सैनिकका अपाङ्गता भएका भएका बालबालिकाका लागि लक्षित गरी विद्यालय स्थापना हुने क्रममा रहेको सैनिक जनसम्पर्क तथा सूचना जानकारी दिएको छ । प्रधानसेनापति प्रभुराम शर्मा र सङ्घका अध्यक्ष सुनिता शर्माले गत मंसिरमा संयुक्तरुपमा उक्त विद्यालय भवनको शिलान्यास गर्नुभएको थियो ।

सङ्घले सैनिकका परिवारका लागि शिक्षा, स्वास्थ्यलगायत सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । विपद् प्रभावित एवं विविध सुविधाबाट बञ्चित सर्वसाधारणको सहयोगमा पनि संघले सक्रियतापूर्वक काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय