latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

किन बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’ ?

हास्यकलाकार जीतु नेपालले संचालन गर्दै आएको कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि सदाका लागि बन्द हुने भएको छ । संचालक जीतु नेपालले सोमबार एक पत्रकार भेटघाट गर्दै शो बन्द गर्ने घोषणा गरे ।
प्रत्येक सोमबार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुने गरेको शोको अन्तिम भाग आज प्रसारण हुनेछ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

‘हामीले ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट बन्द गर्ने निर्णय गरेका छौँ । अब दर्शकसँग अर्काे कुनै कार्यक्रममा भेट हुनेछ,’ नेपालले भने, ‘कसैका कारणले भन्दा पनि हामी आफैँले बन्द गर्ने निर्णय गरेका हौँ । दोष कसैलाई दिन चाहन्नौं ।’ ‘अहिलेका रियालिटी शो भनिएका कार्यक्रम २६–२७ भागमा सकिने गरेको छ । हामीले धेरै दुःखले अहिलेसम्म तान्यौँ, ’ जीतुले थपे, ‘दुःख धेरै थियो । म बन्द गर्न चाहन्थे, टिम वर्कमा पनि गडबडी भयो । बन्द गर्ने बहाना पनि मिल्यो ।’ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कि एभरटाइजमेन्ट एजेन्सीले निर्माण गर्दै आएको यो कार्यक्रमबाट ‘फुलन्देकी आमा’ को भूमिका निर्वाह गर्दै आएका उमेश राई केहीअघि नै बाहिरिइसकेका छन् । तर, जितुले एक कलाकारले छाडेको कारण कार्यक्रम बन्द गर्ने अवस्थामा आफू नपुगेको जीतुले बताए । ‘उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्काे लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो’ नेपालले भने, ‘मेरो गुनासो निर्माण एजेन्सीसँग हो । एजेन्सीले मसँग सल्लाह नगरी मेरो कार्यक्रमको कलाकार निकालेर अर्काे टेलिभिजनमा कार्यक्रम बनायो ।’ करिब ३०–४० जनाले रोजगारी पाएको कार्यक्रम बन्द गर्नुपर्दा आफूलाई पनि दुःख लागेको उनले बताए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यस्तै शोमा अध्यक्षको भूमिकामा देखिँदै आएकी अभिनेत्री करिश्मा मानन्धरले पनि शो बन्द हुने अवस्थाले आफू दुखी भएको बताइन् । ‘शोले मलाई चलचित्रले चिनाउन नसकेको दर्शकसम्म पनि पुर्याएको थियो’ मानन्धरले भनिन् ‘जीतुले यो शो बन्द गरेपनि अर्काे जुनै काममा सम्झिए पनि मेरो साथ रहनेछ ।’ जीतुले अब गर्ने कार्यक्रममा आफ्नो सबै प्रकारको सहयोग रहने करिश्माले बताइन् ।
शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकी आमा’ लगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय