latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

गोदावरी(ललितपुर), २० भदौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गोदावरी मामाघर अनाथालय आश्रमलाई रु एक लाख ११ हजार दान गर्नुभएको छ ।

 

आश्रमले आजदेखि सुरु गरेको विराट ज्ञान महायज्ञको उद्घाटन गर्ने क्रममा उहाँले आफ्नी स्वर्गीय आमाको नाममा अनाथालयलाई सो रकम दान गर्नुभएको हो ।

गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद्भागवत विराट ज्ञान महायज्ञका अवसरमा अनाथालयलाई दान गर्न पाएको भन्दै मन्त्री भण्डारीले खुसी व्यक्त गर्नुभयो । मामाघर अनाथालय आश्रमको आयोजनामा गोदावरी–१४ बाँडेगाउँमा भदौ २० देखि ३० गतेसम्मका लागि महायज्ञ सुरु भएको हो । आजदेखि प्रसिद्ध कथा वाचक गरीमा उपाध्यय र उमा महेश्वरीबाट कथा वाचन हुनेछ ।

महायज्ञको उद्देश्य देशभरका अनाथ बालबालिकाका लागि नेपालकै नमूना सुविधायुक्त तथा आधुनिक आश्रम बनाउने रहेको आश्रमका प्रमुख बालयोगेश्वर विजयमुर्ती महाराजले जानकारी दिनुभयो । गोदावरी वडा ३ का अध्यक्ष सानुराज घिमिरेले महायज्ञमा हजारौँको सङ्ख्यामा भक्तजन गोदावरीमा आउने भएकाले महायज्ञको आयोजनाबाट गोदावरीको पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय