latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

लुम्बिनी, १९ भदौः व्रतालु महिलाहरुले घाँसे कुशको पातमा गाँठो पारी पूजापाठ गर्दै छोराको दीर्घायु र स्वास्थ्य लाभको कामनासहित यो पर्व मनाइरहेका छन् ।

 

 

यस पर्वलाई ‘हरछठ’ वा ‘ललहीछठ’ पनि भन्ने गरिन्छ । यो पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्ष ‘षष्ठी’ तिथिका दिन मनाइने गरिन्छ । यो दिन गाउँटोलका व्रतालुहरू एकै ठाउँमा भेला जम्मा भई घाँसे कुशमा गाँठो पारी पूजा आराधना गर्ने गर्छन् ।

हिन्दू धार्मिक परम्पराअनुसार दिनभरि निराजल व्रत बसी छोराको जीवनरक्षा तथा दीर्घायुको कामना गर्दै पलासको पात, र महुवाको पातसहित कहिल्यै नजोतेको खेतमा उब्जेको तिन्नी चामल, महुवा र दही राखी पूजापाठ गर्ने गरिन्छ । यो व्रत आमाले छोराको सुस्वास्थ्य र दीर्घायुका लागि बस्ने गर्छिन् । व्रतालुहरु महिलाहरू दिनभरि निराजल व्रत बस्ने र तीनछठ्ठी माताको महिमा सहितका गीतहरू गाउने तथा तीनछठ्ठी मातासँग सम्बन्धित कथाहरू भन्ने र सुन्ने गर्दछिन् ।

व्रतका समयमा प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरु दही, महुवा, साग र तिन्नीको चामलको भात लगायतका सामग्री र फलफूल प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । यो व्रतमा महुवाको दातुनले दाँत सफा गरिन्छ ।

यसै तिथिमा भगवान् श्रीकृष्णका दाजु बलरामको जन्मोत्सव पनि मनाउने परम्परा रहेकाले खेतमा उब्जिएको वा हलो जोतेर उब्जाएको कुनै पनि खाद्यान्न खानु हुँदैन भन्ने मान्यता छ । हलो कृष्णका दाजु बलरामको अस्त्र भएकाले त्यसो गरिने गरेको पण्डित अजयकुमार मिश्रको भनाइ छ ।

व्रतालुहरूका लागि गाइको दूध, दही, घीउ वा त्यसबाट बनेको कुनै पनि परिकार खान मनाही छ, पण्डित मिश्रले भन्नुभयो, “त्यसैले व्रतालु महिलाहरू यो दिन बेलुका तालतलैयामा उब्जिएको केरमुआ सागरतिन्नीको चामल र पचहरको चावल खाने गर्छिन् । यो दिन महिलाहरू भैँसीको दूध, घीउ व दहीको प्रयोग गर्नुपर्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय