latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

उदयपुर, १५ भदौ : उदयपुरको आठ पालिकामा हालसम्ममा १५ हजार पशु चौपायलाई लम्पी स्किन रोगविरुद्धखोप दिइएको छ ।

 

जिल्ला भेटेरेनरी पशुसेवा कार्यालय उदयपुरका प्रमुख रामनारायण साहका अनुसार जिल्लाका आठ पालिकामा हालसम्म लम्पी स्किनविरुद्ध १५ हजार डोज औषधि १५ हजार पशुलाई लगाइसकिएको र सोमध्ये ९५ प्रतिशत गाईगोरुमा तथा बाँकी पाँच प्रतिश भैँसीमा खोप लगाइएको हो ।

सबैभन्दा बढी खोप जिल्लाको त्रियुगा नगरपालिकाभित्रका पशुलाई लगाइएको पनि जिल्ला भेटेरेनरी तथा पशुसेवा कार्यालय उदयपुरले बताएको छ । अहिलेसम्म जिल्लाको बजेटले औषधि खरिद गरेर जिल्लाभरिका कुल ६० प्रतिशत पशु चौपायालाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य पूरा भएको प्रमुख साहले बताउनुभयो ।

अब ४० प्रतिशत पशु चौपायालाई जिल्लामा खोप लगाउन बाँकी रहेको प्रमुख साहले बताउनुभएको छ । गत चैतदेखि उदयपुरका पशु चौपायामा देखापरेको लम्पी स्किनका कारण हालसम्ममा जिल्लामा करिब पाँच सय ६० पशु चौपाया मरेका छन् भने २० हजारभन्दा बढी सङक्रमित भएका उहाँले बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय