latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

रसुवा, ८ भदौ ः रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन् ।

 

 

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डमा अत्यधिक हिलो भएका कारण गत वर्ष र चालुआवको साउन महिनामा आयात गरिएका चार सयभन्दा बढी नयाँ कार, जीप, भ्यान टिमुरेमै रोकिएका छन् । यसबाट रु एक अर्बभन्दा बढी भन्सार शुल्क असुल गर्न बाँकी रहेको उहाँले बताउनुभयो । सडकको नाजुक अवस्थाका कारण रसुवागढी क्षेत्रमा अहिले एमबी, बिवाइडी, किङलङ र नेटा कम्पनीले आयात गरेका सवारीसाधन रोकिएका जनाइएको छ ।

सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायमा अनुरोध भइरहेको भन्सार कार्यालयले जनाएको छ । मालवस्तु आयात–निर्यात गर्ने प्रमुख नाकाको सडकमार्ग संरक्षणमा सडक विभाग गम्भीर हुनुपर्नेमा स्थानीय बासिन्दाले समेत माग राखेका छन् । सडक विभागले हिलो फ्याँक्न सक्ने एउटा ठूलो उपकरण र बलौटे माटो बोक्ने टिपरसमेत राख्नुपर्ने स्थानीयको माग छ ।

यस्तै चालु आर्थिक वर्षको साउनमा आयातित चिनियाँ माल सामग्रीबाट रु एक अर्ब तीन करोड ९६ लाख ३७ हजार ९१ भन्सार शुल्कवापतको राजस्व सङ्कलन भएको छ । साउनमा लक्ष्यभन्दा ३० दशमलव २६ प्रतिशतले राजस्व वृद्धि भएको बताइन्छ ।

चीनबाट जुत्ता, चप्पल, रेडिमेट कपडा, विद्युतीय उपकरण, रोल कपडा, बच्चाका खेलौनालगायतका विविध सामग्री आयात भएको बताइएको छ । साउनमा तीन सय ५० वटा कन्टेनरमार्फत चिनियाँ सामग्री नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

माल सामग्री परीक्षण कार्यमा कडाइ गरिएको र आफूले मगाएको सामानमा ब्राण्ड फरक पारी गलत घोषणा गर्ने कम्पनी वा फर्मका प्रतिनिधिलाई थप मूल्यको ५० प्रतिशत जरिवानासमेत गर्न थालिइएको छ । यसबाट चालु आवको पहिलो महिनामै त्यस्ता गलत विवरण भर्ने व्यापारीका प्रतिनिधिबाट रु आठ करोडभन्दा बढी जरिवाना गरिसकिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय