latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

जलेश्वर, ७ भदौ : महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा आज विहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

 

जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चौकमा ज८प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जलेश्वर नगरपालका– ९ परिकौलीका ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

लोक सेवा आयोग जलेश्वरमा कार्यालय सहयोगी भई काम गर्दै आएका यादव कार्यालयको कामले जनकपुर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । बसको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पु¥याएको थियो । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमै राखिएको छ । ठक्कर दिने बस र मोटरसाइकलाई प्रहरीको नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय