latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

भादगाउँ (भक्तपुर), ६ भदौ : भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ ।

 

 

डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी श्रावणी मेला सुरु गर्ने गरिनछ । आजकै दिन डोलेश्वरको विशेष पूजाअर्चना गरी मेलाको समापन गरिँदै आएको महासचिव बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय