latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौँ, ४ भदौ : प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट पर्ने दुष्प्रभाव न्यूनीकरणका लागि त्यस्ता सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ ।

 

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्लाष्टिजन्य फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले प्लाष्टिकजन्य सामग्रीको प्रयोग गर्ने बानी व्यवहारमा सुधार गर्नुपर्ने जोड दिनुभयो ।

उहाँहरुले प्लाष्टिकका सामग्रीको पुनः प्रयोग तथा पुनः प्रशोधनका लागि ‘प्लाष्टिक विनिमय बैंक’ सञ्चालन गर्नुपर्ने, प्लाष्टिकको कम प्रयोग गर्ने, पर्यटकीयस्थलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिइएको थियो । प्लाष्टिकबाट बनेका सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा स्थानीय तहमार्फत जनचेतना फैलाउनुपर्ने, सहरी क्षेत्रमा प्लाष्टिकका सामग्रीको विकल्पमा अन्य वस्तुको प्रयोग गर्नुपर्ने उहाँहरुको सुझाव थियो ।

समितिका सभापति प्रकाश पन्तले प्लाष्टिकबाट बनेका सामग्रीले मानव समुदाय तथा वातावरणमा पारेका प्रभाव न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रका सरोकारवालालाई नीतिको मस्यौदा तयार गरेर ल्याउन आग्रह गर्नुभयो ।

सोह्रौँ पञ्चवर्षीय योजनामा प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट सिर्जित दुष्प्रभाव र प्रयोगमा कमी ल्याउने नीति समेट्नुपर्नेमा जोड दिँदै उहाँले नीति तर्जुमाका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण मन्त्रालय र निजी क्षेत्रसँग छलफल गर्न सकिने बताउनुभयो ।

समिति सदस्य बिमला घिमिरेले स्थानीय तहलाई जिम्मेवार बनाएर प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो । प्लाष्टिकका सामग्रीको पुनः प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । अर्का सदस्य भुवनबहादुर सुनारले प्लाष्टिकजन्य सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा बेलैमा सोच्नुपर्ने बताउनुभयो । प्लाष्टिकको अन्दाधुन्ध प्रयोगबाट निम्तिएको दुष्प्रभाव न्यूनीकरण गनै सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

सदस्य कमला पन्थले प्लाष्टिकजन्य सामग्रीको प्रयोग अनिवार्य जस्तै भए पनि यसको प्रयोग घटाउने, पुनः प्रयोग र प्रशोधन गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा नेपालमा प्लाष्टिक व्यवस्थापनसम्बन्धी नीति विषयको प्रस्तुति गर्दै पूर्वसचिव डा विश्वनाथ ओलीले प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने र प्रशोधनलाई बढवा दिँदै चक्रीय अर्थतन्त्र प्रवद्र्धन गर्ने नीति बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले प्लाष्टिकको प्रयोग घटाउने, पुनःप्रयोगलाई बढवा दिने, प्रशोधन गर्ने, प्लाष्टिकजन्य फोहरको सुरक्षित विसर्जन गर्ने, यसको प्रयोग र प्रभावसम्बन्धी जनचेतना, प्रचारप्रसार र क्षमता विकासका काम गर्नुपर्ने बताउनुभयो ।

नेपालमा सन् १९५० देखि प्लाष्टिकको प्रयोग बढ्दै गएको पाइन्छ । प्लाष्टिकको झोला मात्र नभइ इलेक्ट्रोनिक्स÷इलेक्ट्रिकल सामग्री, भाँडाकुँडा, बोतल, पाइप, ड्रम, खेलौना, फर्निचरलगायत क्षेत्रमा यसको व्यापक प्रयोग हुँदै आएको छ । पूर्वसचिव ओलीले सन् १९५० मा विश्वभर २० लाख टन प्लाष्टिक उत्पादन भएकामा सन् २०१८ सम्म ४१ करोड टन प्लाष्टिक उत्पादन भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

मावन जीवनको अभिन्न अङ्ग बनिसकेको प्लाष्टिकको बजार सन् २०२१ मा छ सय खर्ब अमेरिकी डलर रहेको उहाँको भनाइ छ । नेपालमा प्रतिदिन करिब चार हजार नौ सय टन फोहर उत्पादन हुने गरेकामा प्लाष्टिकको हिस्सा १३ प्रतिशत रहेको छ । नेपालमा प्रतिवर्ष झण्डै एक लाख ६५ हजार टन प्लाष्टिकका सामग्री उत्पादन हुने गरेका छन् । बैठकमा सन् २०२१ मा नेपालमा करिब ६३ करोड अमेरिकी डलर बराबरको प्लाष्टिकजन्य वस्तुको आयात तथा ८६ लाख अमेरिकी डलर बराबरको निर्यात हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय