latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

नेपालगञ्ज (बाँके), ३ भदौ : जिल्लामा १५ वर्षदेखिका विभिन्न खानेपानी आयोजना अलपत्र परेका छन् । बजेट तथा जनशक्तिको अभाव, वैकल्पिक खानेपानीको व्यवस्थालगायत कारणले यहाँका खानेपानी आयोजना अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।

 

 

वैकल्पिक खानेपानीको उपलब्धता भएकाले उपभोक्ता सचेत नहुँदा जयसपुर, बनकटुवा, राधापुरलगायतका खानेपानी आयोजना अलपत्र परेका कार्यालयका प्रमुख तिलक न्यौपानेले बताउनुभयो । “खानेपानीका सबै संरचना तयार छन्”, उहाँले भन्नुभयो, “पानी वितरणका लागि पाइप विछ्याउन सकिएको छैन ।”

प्रमुख न्यौपानेले गत आवमा जयसपुर खानेपानी आयोजनाअन्तर्गत करिब दुई किलोमिटर मात्रै पाइप विछ्याइएको जानकारी दिँदै पुरानो पाइप जीर्ण भएर पानी चुहावट हुन थालेपछि मर्मत गरी समस्या समाधान गरिएको बताउनुभयो । उक्त खानेपानी आयोजनामार्फत नेपाल–भारत सीमा क्षेत्रसम्म पानी पुर्‍याउने योजना रहेको भन्दै उहाँले अहिलेसम्म ४६ खानेपानीका धारा जडान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अझै १५ धारा जडानको माग भएको छ ।

आयोजनाका अध्यक्ष बाकरअलि राईले बाटो विस्तारका कारण विछ्याइएका पाइपलाईन जीर्ण भएकाले आयोजना सम्पन्न गर्न समस्या भइरहेको उल्लेख गर्दै अझै पनि एक सय किलोमिटर पाइप विछ्याउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले धारा जडान गरिएका कतिपय ठाउँमा नियमित तथा स्वच्छ खानेपानी नआएको गुनासो उपभोक्ताले गरेकाले जीर्ण पाइप पुनः मर्मत गरी पानी वितरण गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार विसं २०६४ देखि सुरु भएको उक्त खानेपानी आयोजनाका लागि चालु आवमा रू २० लाख बजेट विनियोजन गरिएको छ ।

जिल्लाको बैजनाथ गाउँपालिकास्थित बनकटुवा खानेपानी आयोजना पनि अलपत्र परेको छ । पालिकाभित्र सडक विस्तारका क्रममा विछ्याइएका पाइप जीर्ण बनेपछि पुनः पाइप विछ्याउने योजना बनाइएको डिभिजन प्रमुख न्यौपाने बताउनुभयो । “सडक विस्तारका क्रममा केही पाइप काटिएका थिए भने केही सडकबाट नै हटाइएको थियो”, उहाँले भन्नुभयो । उक्त आयोजनाका लागि रू ६० लाख बजेट विनियोजन भएको बताउँदै उहाँले अहिले ५० धारा जडान गरेर पानीको वितरण सुरु गरिएको जानकारी दिनुभयो ।

खजुरा गाउँपालिकास्थित राधापुर खानेपानी आयोजनाको काम पनि सडक विस्तारका क्रममा अलपत्र परेको छ । सडक विस्तार तथा विद्युत्को तार भूमिगत गर्ने क्रममा खानेपानीका लागि विछ्याइएका पाइप जीर्ण बनेपछि वडा कार्यालयको सहयोगमा पुनः पाइन विछ्याएर ५० धारा जडान गरिएको प्रमुख न्यौपाने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आयोजनाका लागि रू ६० लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै पुरानो नौवास्ता खानेपानी आयोजनाअन्तर्गत अहिले तीन सय ७५ धारा जडान गरी पानी वितरण गरिएको प्रमुख न्यौपानेले बताउनुभयो । उक्त आयोजनाका लागि रू २० लाख बजेट विनियोजन भएको छ । यस आयोजनाले अन्यको तुलनामा गति लिएको उहाँको भनाइ थियो ।

नरैनापुरमा अझै सम्पन्न भएन खानेपानी आयोजना

बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा खानेपानीको ओभरहेड ट्याङ्की बनेको लामो समयसम्म कुनै खानेपानी आयोजनामार्फत पानीको वितरण भएको छैन । ‘ह्याण्ड पाइप’को पानी खान बाध्य रहेको स्थानीय बताउँछन् ।

“सबै वडामा ओभरहेड ट्याङ्की छ तर खानेपानी आयोजना पूरा भएको छैन”, डिभिजन प्रमुख न्यौपानेले भन्नुभयो, “यस पालिकामा १२ खानेपानीका आयोजना छन् । बजेट अभावका कारण यहाँका आयोजना पूरा हुन सकेका छैनन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय