latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

गोरखा, २ भदौ (रासस) : त्रिशूली नदीमा आइतबार राति आएको भीषण बाढीले क्षति पुर्‍याइएको झोलुङ्गे पुल मर्मत सुरु भएको छ ।

 

 

गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि आवतजावत बन्द भएको छ । गाउँपालिकाले तत्काल पहल गरी स्थानीय पूर्वाधार विभागबाट प्राविधिकको टोली झिकाएर पुल मर्मत सुरु गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै त्रिशूली नदीकै बाढीले क्षति पुर्‍याएको गण्डकी गाउँपालिका–७ ध्याल्चोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादीघाट माथिको झोलुङ्गे पुल मर्मत भने आजदेखि मात्र सुरु हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

“धवादीघाटमाथिको क्षतिग्रस्त मर्मत सुरु गर्नका लागि शुक्रबार अवलोकन गरिसकिएको छ”, उहाँले भन्नुभयो, “त्रिशूली नदीमा पानीको बहाव अझै पनि अत्यधिक माथि रहेकाले विस्तृत मर्मत शुक्रबारदेखि सुरु गर्न कठिन भएपछि शनिबारदेखि मर्मत सुरु गर्न लागिएको हो ।”

“बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुङ्गे पुलको ट्रस नै भत्काएको थियो भने धवादीघाट माथिको झोलुङ्गे पुलको लठ्ठा बाढीले छिनाएर क्षति पु¥याएको थियो । बाढीले पुलमा क्षति पु¥याएपछि गण्डकी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिका बासिन्दालाई आउजाउ गर्न समस्या हुँदै आएको छ । झोलुङ्गे पुल भत्किएपछि विद्यार्थीलाई विद्यालय आउन जानसमेत पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय