latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

गण्डकी, २ भदौ : आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ ।

 

 

कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता–२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई हस्तान्तण गरेको हो । आचारसंहिता कोसिसका परियोजना संयोजक सुदीप घिमिरेले महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गर्नुभयो ।

सरोकारवालाबीच विभिन्न चरणमा छलफलपछि आचारसंहिता तयार गरिएको कोसिसका परियोजना संयोजक घिमिरेले बताउनुुभयो । आचारसंहिता तयार गर्न कोसिससँग वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले कानुनी सहजीकरण गर्नुभएको थियो । सन् २०२१ मा कास्कीमा आत्महत्या दर बढी देखिएपछि कोसिसले कास्कीलाई कार्यक्षेत्र बनाएर काम गरेको घिमिरेले बताउनुभयो ।

सञ्चार माध्यममा प्रकाशन÷प्रसारण हुने समाचार कारण आत्महत्या गर्नेलाई प्रशय पाएको भेटिएपछि पत्रकार आचारसंहिता आवश्यक ठानी यसको निर्माण प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

आत्महत्याका समाचार सनसनीपूर्ण नबनाउने, सूचनालाई प्रमुख स्थान नदिने र बारम्बार नहो¥याउने, सूचनाको विस्तृत विवरण नदिने वा नखुलाउने, फोटो, भिडियोको प्रकाशन र प्रसारणमा ध्यान दिने, विशेष व्यक्तिवा सेलीब्रेटीको आत्महत्या रिपोर्टिङमा विशेष ध्यानदिने, गोपनीयता हकको सम्मान र विश्वसनीय जानकारी एवं स्रोत नखुलाउने जस्ता विषय आचारसंहितामा समेटिएको बताउँदै उहाँले यसको कार्यान्वयनले आत्महत्यादर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष भण्डारीले आचारसंहिता पुनः एकपटक पढेपछि कार्यान्वयनमा लैजाने बताउँदै कास्कीसँगै केन्द्रलाई पनि पालनाका लागि आग्रह गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय