latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

मकवानपुर, २ भदौ : मकवानपुरको भीमफेदी कारागार व्यवस्थापनले फोहर बायो ग्यास उत्पादन सुरु गर्ने भएको छ ।

 

कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ । यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य रहेको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले राससलाई जानकारी दिनुभयो ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा रु ३० लाख अनुदान रकम उपलब्ध गराइएको छ । बायो ग्यास उत्पादन गर्ने क्रममा विभिन्न उपकरणको खरिद गरी जडान गर्न सो अनुदान रकम खर्च गरिने भएको कारागारका जेलर पौडेलले बताउनुभयो ।

कारागारबाट निस्कने फोहर सिधै भूमिगत पाइपबाट भीमफेदीको विभिन्न खोलामा मिसाउने गरिएको थियो । कारागारमा उत्पादन हुने वायु ग्यास कारागारमै खपत गरिनेछ ।
भीमफेदी कारागारमा हाल एक हजार ७० जना कैदीबन्दी छन् । तीमध्ये ३१ जना महिला छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय