latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

त्रिवेणी (नवलपरासी), ३१ साउन : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

 

विसं २०६४ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका रुपमा स्थापना गरिएको उक्त अस्पताललाई विसं २०७५ फागुनमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो ।

जिल्ला अस्पतालमा विस्तार गरिएको पाँच वर्ष पुग्दासमेत व्यवस्थित भवन निर्माणले पूर्णता पाउन सकेको छैन । विसं २०६४ मा निर्माण गरिएको ट्रष्टको भवनबाट जिल्ला अस्पतालको रूपमा सेवा प्रदान गरिँदै आइएको छ । तत्कालीन समयमा सेवाग्राहीको खासै चाप नहुने गरेकामा अहिले सेवाग्राहीको चाप बढ्दा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।

जिल्लामा बीमा कार्यक्रम लागू भएयता अस्पतालमा थप बिरामीका चाप बढेको उहाँको भनाइ थियो। बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । विसं २०६४ को अवस्थालाई हेरी निर्माण गरिएको भवन अहिले १६ वर्षपछि पनि सोही संरचनामा सेवा दिनु आफैँमा मुस्किल भएको उहाँको भनाइ थियो । “पहिले सेवाग्राहीको चाप कम थियो, हाल सेवाग्राहीको सङ्ख्या बढ्दो छ, अस्पतालमा नयाँ–नयाँ रोगको उपचारका लागि सेवा थपिँदै गएका छन् तर भवनको र संरचना उस्तै छ, यसबाट सहजरूपमा सेवा प्रदान गर्न निकै गाह्रो परिरहेको छ”, सूचना अधिकारी सुवेदीले भन्नुभयो ।

जिल्ला अस्पतालमा दैनिक सरदर तीन सय बिरामी उपचारका लागि आउने गरेका छन् । साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भीड धेरै देखिने गरेको छ ।

जिल्ला अस्पताल भएलगत्तै चार तलको नयाँ भवन निर्माणको काम चार वर्षअघि नै थालिएको भए पनि भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माणको काम गण्डकी प्रदेश सरकार र ‘हेचर’ संस्थाको सयुक्त लगानीमा अगाडि बढाइएको थियो । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु दुई करोड अस्पताल भवनका लागि विनियोजन गरेको छ । ¥याम्प र ट्रष्ट निर्माणका लागि उक्त रकमबाट काम गर्ने योजना रहेको छ । अन्य काम भने हेचरले नै गर्ने बताइएको छ । उक्त संस्थाले कामलाई गति नदिँदा नयाँ भवन निर्माणमा विलम्ब हुँदै आएको छ ।

दरबन्दी अनुसार छैनन् जनशक्ति

नवलपुरमा रहेको उक्त अस्पतालमा दरबन्दीअनुसारका जनशक्ति नहुँदा समस्या हुँदै आएको छ । पन्ध शय्याको उक्त अस्पताल पचास शय्याको अस्पतालका रूपमा सञ्चालनका लागि तयारी गरिएको छ । एकतीस जनाको दरबन्दी भए पनि हाल १३ जनशक्तिमात्रै रहेका छन् । अस्पतालमा दरबन्दीअनुसारको जनशक्ति नहुँदा सेवा प्रवाहमा समेत समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी सुवेदीले बताउनुभयो । दरबन्दीअनुसार जनशक्ति आउने हो भने सेवालाई थप प्रभावकारीरूपमा प्रदान गर्न सकिने उहाँको भनाइ थियोे । दरबन्दी कम हुँदा बिरामीलाई सेवा प्रदानमा समेत समस्या हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय