latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौं। खेलमा आफ्नो देशको टिमले जित्दा फ्यानहरु उत्साहित हुनु स्वभाविक नै हो । तर, भारतीय फ्यानहरु यस मामिलामा बढी नै उग्र छन् । जित्दा खुसी हुने मात्रै होइन उनीहरु आफ्ना खेलाडीले हारे भने खेलाडीलाई तथानाम गाली गर्नेदेखि आ,क्र,म,ण गर्न पनि पछि पर्दैनन् । यस्ता घटनाहरु विगतका दिनमा धेरै पटक देखिएको हो । र, यस्तै घटना सोमबार फेरि दोहोरियो ।

भारतले पाकिस्तानसँग हारेपछि भारतीय टिमका तीब्र गतिका बलर मोहम्मद शमीमाथि लगातार साम्प्रदायिक आक्रमण सुरु भयो । उनलाई तथानाम गाली गरियो र भारतीय उग्र फ्यानहरुले उनलाई ‘पाकिस्तानी गद्दार’ भन्दै गाली गरे । उनको प्रदर्शनलाई धर्मसँग जोडियो, उनी मुस्लिम भएकै कारण उनीमाथि अभद्र टिप्पणी गरियो र निकै अपमानजनक गाली गरियो ।

कोलकातामा न्यूजिल्याण्डविरुद्ध भारतको टेस्ट ३० सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म भएको थियो । यो खेल चलिरहँदा शमीकी १४ महिनाकी छोरी आइसीयुमा भर्ना भएकी थिइन् । खेलको दोस्रो दिन शमीकी छोरी आयरालाई अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो । दोस्रो दिनको खेल सकिएपछि शमीले छोरीलाई अस्पताल भर्ना गरिएको थाहा पाएका थिए ।

शमीले खेल बीचमा छोडेनन् । शमी हरेक दिन खेल सकिएपछि बेलुका छोरीलाई भेट्न जान्थे । रातभरी छोरीलाई कुरेर बस्थे । भोलिपल्ट बिहान खेल्नको लागि इडन गार्डेन पुग्थे । लजालु स्वभावका शमीले छोरीलाई भर्ना गरिएकोबारे कप्तान विराट कोहलीलाई पनि बताएका थिएनन् ।

यो टेस्ट भारतले १७८ रनले जित्यो । भारतले यो सिरिज जितेपछि आइसीसी बरियतामा शीर्ष स्थानमा पुगेको थियो । यो टेस्टमा शमीले ६ विकेट लिएका थिए । यसअछि र्को टेस्ट इन्दौरमा भयो । इन्दौरको टेस्ट सकिएपछि कप्तान विराट कोहलीले आफूलाई शमीले छोरी बिरामी भएको कुरा नबताएको खुलासा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय