latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

भक्तपुर, ३० साउन (रासस) : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

 

नतिजा सार्वजनिक गर्न आज साँझ आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिनुभयो ।

बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्दै उहाँले यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे बताउनुभयो ।

नतिजामा ४९ दशमलव शून्य नौ प्रतिशत भने नन ग्रेडेड भएका छन् भने गत वर्षको तुलनामा यो वर्ष तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ । उहाँका अनुसार यस वर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । तीमध्ये दुई विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपालि ग्रेडवृद्धि परीक्षा दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६० मा एसएमएस पठाएर पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय