latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

चितवनको सौराहामा आज विश्व हात्ती दिवसको अवसर पारेर हात्तीलाई वनभोज खुवाइएको छ । १२औँ विश्व हात्ती दिवसको अवसरमा पारेर यहाँ पालिएका ६५ वटा सरकारी तथा निजी हात्तीहरूलाई वनभोज खुवाइएको हो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाको आयोजनामा हात्तीलाई लस्करै राखेर खिर, केक सहित वनभोज खुवाइएको वनभोज कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । वनभोजमा चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी लगायत खुवाइएको उनले बताए ।
कार्यक्रममा चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय कुमार श्रेष्ठले नेपालमा हात्तीको अवस्था, महत्त्व, रहनसहन र स्याहार सुसारको विषयमा जानकारी गराएका थिए ।

सरकारले निजी स्तरमा पालेको हात्तीहरूको विवरण संकलन गरिरहेको भन्दै नेपालमा १ सय ५० वटा हात्ती निजी स्तरमा पालेका हात्ती रहेको उनले जानकारी दिए । चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय