काठमाडौँ – सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिइ मार्ग प्रशस्त गर्नुपर्ने औल्याएका छन्।

सोमबार बसेको बैठकपछि निकालिएको विज्ञप्तिमा सल्लाहकार समितिसँगको छलफलपछि न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको हो ।

सर्वोच्च बारका सचिव ॠषिराम घिमिरेले न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गरिएको बताए। यस अघि सोमबार नै सर्वोच्च अदालतका न्यायाधीशले नै राजीनामा माग गरेका थिए । सरकार सञ्चालनमा भागवण्डाको आरोप खेपेका प्रधानन्यायाधीश जवरामाथि राजीनामाको चर्को दबाब परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय