latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

राैतहट, ५ जेष्ठ । जिल्लामा खाेज र खाेप अभियानले तिब्रता पाएकाे छ ।

 

अषाढ मसान्तसम्म राैतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उदेश्यका साथ खाेजाै र खाैपाै अभियान चलिरहेको हाे ।

 

नेपाल सरकार काे पहिलो प्राथमिकतामा रहेका खाेप कार्यक्रम स्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयकाे व्यवस्थापनमा प्रत्येक वडाकाे ४ देखि ५ स्थानमा गाउँ घर खाेप क्लिनिक सञ्चालन भई रहेका छन् । खाेप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घर घरमा गई दिरहेको जिल्ला स्वास्थ्य कार्यालय राैतहटका प्रमुख सुरेशप्रसाद यादवले वताए । जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा याे अर्काे अभियान भएको हाे । पुर्ण खाेप सुनिश्चितता बाैधीमाई ,देवाही गोनाही ,पराेहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गाैर नगरपालिका रहेका छन ।

 

खाेज र खाेप अभियानमा जिल्लाका सबै वालवालिका खाेप पाएको देखाई सकेपछि मात्र राैतहट पुर्ण खाेप घोषणा हुने प्रमुख यादवले बताए । जन्म देखि १५ महिना भित्र सेडुल अनुसारकाे खाेप लिनु पर्ने हुन्छ । उनका अनुसार जिल्लाको नाै स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखाेप दिगाेपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ।

 

जसअनुसार ६ हप्तामा राेटा , पाेलियाे,पिसिभि,डिपिटि ,हेपबि ,हिबको खोप दिइने छ भने १० हप्ता मा राेटा, पाेलियाे, पिसिभि,डिपिटि,हेप वि , हिप खोप लगाई सक्नुपर्दछ । वालवालिकालाई १४ हप्तामा पाेलियाे एफ आई पिभि, डिपिटी, हेपबि ,हिब खोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा- रुवेला, १२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा- रुवेला , टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन ।

 

२०३४ सालमा दादुरा उन्मुलन भएपछि सिन्धुपाल्चोक र धनुषावाट खाेप अभियान शुरु भई हाल ७७ वटै जिल्लामा १३ राेग विरुद्व १३ खाेप चलिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय