latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

लमजुङ ६ जेठ । दोर्दी गाउँपालिका ४ नौथर शेरादेखि सिमी ताँजे जोड्ने सडकको स्तरोन्नति सुरु भएको छ ।

 

सडकको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष युवराज अधिकारीले कालोपत्रे शिलान्यास गरेका हुन् ।

 

अध्यक्ष अधिकारीले गुणस्तरीय सडक निर्माण गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यावसायीलाई आग्रह गरेका छन् ।

 

सडक निर्माणले विषेश गरी सिमी ताँजेका स्थानीय बढी लाभान्वित हुने र गाउँगाउँमा उत्पादित तरकारी तथा नगदेबाली बजारसम्म पुराउन र गाउँलेलाई गाउँसम्म पुग्न सहज हुने उनले बताए ।

 

नौथर शेरादेखि वडा नं. ६ सिमी र ताँजेसम्म ७ दशमलव ८५० किलोमिटर सडकको स्तरोन्नति कार्य सुरु भएको हो । संघीय सरकार र गाउँपालिकाको ५०५० प्रतिशत लगानीमा उक्त सडक निर्माण कार्य सुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ईन्जिनियर विश्वास पाण्डेले बताउनुभयो । उहाँका अनुसार ७ करोड २० लाख रुपैयाँको स्टेमेट रहेकोमा निर्माण व्यावसायी देवकोटा–गणपति जेभी नुवाकोटले भ्याट सहित ५ करोड ३९ लाख रुपैयाँमा निर्माण सक्न सम्झौता गरेको छ ।

 

स्तरोन्नति कार्य अन्तर्गत कटिङ, चौडाई गर्ने, मेशिनरी वाल लगाउने, नाली निर्माण गर्ने, ३ ठाउँमा कल्भर्ट राख्ने, ग्याविन जाली लगाउने लगायतका काम हुनेछ । सडक नालीसहित ८ मिटर चौडाईको हुनेछ । यो संगै ३ किलोमिटर सडक कालोपत्र र ३ सय मिटर सडक ढलान हुने गाउँपालिका प्राविधिक शाखाले जनाएको छ ।

 

निर्माण व्यावसायीले गाउँपालिकासँग वैशाख १० गते सम्झौता गरेको थियो । २०८२ असार २५ गतेसम्म निर्माण सक्ने गरी सम्झौता गरेर प्राविधिक प्रमुख पाण्डेले बताए । सडक स्तरोन्नति सकिएपछि गाउँगाउँबाट नागरिकलाई गाउँपालिका कार्यालय आउन र सदरमुकाम बेंसीसहर आउजाउ गर्न पनि सहज हुने प्रमुख प्रशासकीय अधिकृत शम्सेर गुरुङले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय