latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

लोकप्रिय गायक राजेश पायल राईले कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ मा जातिको महलमा राई लेख्न तथा लेखाउन किरात राई समुदायमा आग्रह गरेका छन् ।

राष्ट्रिय जनगणना सम्बन्धी किरात राई यायोक्खाले निर्माण गरेको छोटो भिडियो सन्देशमा उनले आफू राई जातिको व्यक्ति भएकोले जनगणनामा जातजातिको महलमा राई लेखाउने बताए ।

उनकाे आग्रह छ, ‘मैले जातजातिको महलमा म राई लेख्छु र तपाईहरुलाई राई लेख्न र लेखाउन आग्रह गर्दछु ।’

उनले मातृभाषा र पुर्खाको भाषामा आफू चाम्लिङ भएकोले चाम्लिङ भाषा लेखाउने बताए । धर्ममा किरात लेख्न उनको आग्रह छ ।

राष्ट्रिय जनगणनाका बेला राई समुदायका केही विभाजनकारी मानसिकता बोकेका व्यक्तिहरुले जातिमा कसैले किराती, कसैले खालिङ, कुलुङ, थुलुङ, पुमा, याम्फु आदि अनेक थर र पाछा लेखाउन आग्रह गर्दै समुदायमा अन्यौल पैदा गरिरहेको बेला राई इज किङको उपनामले चिनिने गायक राजेश पायलले जातिको महलमा राई नै लेखाउन आग्रह गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय