latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं, ५ जेठ । युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने भएका छन् ।

 

बिहिवार राती सकिएको खेलमा सेभियाले युभेन्टस र रोमाले लेभरकुजेनलाई पराजित गरे पछि फाइनलमा दुवै टिमको भिडन्त पक्का भएको हो । सो रोमाञ्चक फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ मा हुने छ ।

इटालियन क्लब युभेन्ट्सलाई दोस्रो लेगको खेलमा २–१ ले हराउँदै तथा समग्रमा सेभियाले ३–२ को जित हात निकाल्न सफल भएको हो । पहिलो लेगको खेलमा यी दुई क्लब १–१ गोलको बराबरी रोकिएका थिए ।

 

शुक्रवार रातीको खेलमा डुसान भ्लाहालोभिचले ६५ औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले सुरुआती अग्रता लिन सुरु गरेको थियो । तर, ७१ औं मिनेटमा सुसोले सेभियाका लागि गोल गरे पछि खेल १–१ मा गोलको बराबरीमा रहन पुग्यो ।

 

उता, खेल अतिरिक्त समयमा सेभियाका लागि एरिक लामेलाले अर्को गोल थपे, जुन गोल सेभियालाई फाइनलमा जानका लागि निर्णायक बनिदियो ।

 

र, युनाईटेडलाई २–१ ले पराजित गरेको सेभियाले समग्रमा ३–२ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो ।

उता, इटालियन क्लब रोमा भने युरोपा लिगको फाइनलमा सेभियासँग भिडन लेभरकुजनलाई पराजित गर्दै आएको हो ।

 

शुक्रबार बिहान सम्पन्न भएको खेल गोलरहित बराबरीमा सम्पन्न भए पनि पहिलो लेगमा १-० गोल अन्तरले जीत हासिल गरेका कारण रोमा फाइनलमा पुग्न सहज भएको हो ।

लेभरकुजन १-० ले पछि पारेर रोमाले सेभियासँग भिडन्तका लागि फाइनल यात्रा पक्का गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय