latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौं, २४ चैत । संघीय सरकारले पहिचनवादीको आन्दोलनका क्रममा घाइते भई सहादत प्राप्त गरेका पदम लिम्बू (लाजिहाङ)लाई शहीद घोषणा गरेको छ ।

 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश कोशी नामकरणविरुद्ध भएको आन्दोलनको क्रममा मृत्यु भएका धरान उपहानगरपालिका–१५ का लिम्बूलाई शहीद घोषणा गरेको हो ।

बैठकले लिम्बूको परिवारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ । गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनमा क्रममा भएका लिम्बूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

यसअघि कोशी प्रदेश सरकारले लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय