latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौं, २२ चैत । महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले १० लाख इकाई ऋणपत्र प्रतिइकाई १ हजार रुपैयाँको दरले जारी गर्न लागेको हो ।

 

यसमध्ये ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। बाँकी ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । उक्त सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये २० हजार इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ भने यस ऋणपत्रमा २०८० वैशाख ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख १३ गतेसम्म खुला रहनेछ ।

महालक्ष्मी विकास बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । बैंकका अनुसार यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने छ ।

न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय