latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा ३८५ रोपनी जग्गा कब्जा गरेको छ। अमेरिकी सहायता परियोजना (एमसिसी) ले परियोजनाअन्तर्गतको कामका लागि स्थानीयबाट करिब एक अर्ब ४० करोडमा किनेको (अधिग्रहण) जग्गा नेकपाका जिल्लास्तरीय नेताहरुको टोलीले सोमबार गएर कब्जा गरेको हो।

नेकपाका नेताहरुले पार्टीको झण्डा गाडेर सो जग्गा ज–जसले बेचेको हो उनीहरुले नै भोगचलन गर्न भनेका हुन्। नेकपाका नेताहरुले एमसिसी छिर्न नदिने र कसैले कब्जा गरिएको जग्गा स्थानीयबाट लिन खोजेमा कडा कारवाही गर्ने चेतावनीसमेत दिएका छन्।

नेकपा कार्यकर्ताहरु सोमबार सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको मागसहित धर्ना बसेका थिए। धर्नामा रहेकाहरुले नै एमसिसीले अधिग्रहण गरेको जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय