
काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा ३८५ रोपनी जग्गा कब्जा गरेको छ। अमेरिकी सहायता परियोजना (एमसिसी) ले परियोजनाअन्तर्गतको कामका लागि स्थानीयबाट करिब एक अर्ब ४० करोडमा किनेको (अधिग्रहण) जग्गा नेकपाका जिल्लास्तरीय नेताहरुको टोलीले सोमबार गएर कब्जा गरेको हो।
नेकपाका नेताहरुले पार्टीको झण्डा गाडेर सो जग्गा ज–जसले बेचेको हो उनीहरुले नै भोगचलन गर्न भनेका हुन्। नेकपाका नेताहरुले एमसिसी छिर्न नदिने र कसैले कब्जा गरिएको जग्गा स्थानीयबाट लिन खोजेमा कडा कारवाही गर्ने चेतावनीसमेत दिएका छन्।
नेकपा कार्यकर्ताहरु सोमबार सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको मागसहित धर्ना बसेका थिए। धर्नामा रहेकाहरुले नै एमसिसीले अधिग्रहण गरेको जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेका हुन्।