latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौ । नेपाल प्रहरीको इतिहासमै पहिलो पटक महिला प्रहरी बनेकी चैतमाया डंगोललाई सम्मान गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड वाट सम्मान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो महिला प्रहरी डंगोललाई अवार्ड प्रदान गरेका हुन् । काठमाडौं महानगरपालिका–७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरिक्षक (असई) हुन् ।२००८ असार ११ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी थिइन् । महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महिना सेवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

छोरीलाई पढाउने खासै चलन नरहेको त्यो बेला चाबहिलका किसान तरिमाया र कान्छा डंगोलकी छोरी चैतमाया घर नजिकैका साथीहरूसँग गफिंंदै थिइन् । “वैशाख–जेठतिर हुनुपर्छ, जाडो गइसकेको थियो” उतिबेलाका कुरा सम्झ्ँदै चैतमाया भन्छिन्, “केही महिला छोरीहरू पनि स्कूल जानुपर्छ भन्दै आए । शिक्षा, चेतना र स्वावलम्बनका कुरा गरे । अनि ‘तिमीलाई मिल्ने काम पनि हुने, खेल्न पनि पाइने ठाउँमा लगिदिन्छौं’ भने ।” चैतमाया उनीहरूकै पछि लागिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय