
काठमाडौं। सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरेको हो ।
ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाएर सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको हो ।
राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
करिब पाँच हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन्। त्यसबाहेक आउन चाहनेको घुइँचो र चासो हेर्ने हो भने त्यो आधा लाख हाराहारी पुग्नसक्छ।
कहिले आउन पाउँछन् नेपाली विद्यार्थी अस्ट्रेलिया
करिब पाँच हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन्। त्यसबाहेक आउन चाहनेको घुइँचो र चासो हेर्ने हो भने त्यो आधा लाख हाराहारी पुग्नसक्छ।
लामो समयदेखि भिसा लागेर पनि अष्ट्रेलिया आउन नपाएका नेपाली विद्यार्थीहरू सरकारी निर्णयको पर्खाईमा छन् । यस्तो अवस्थामा अस्ट्रेलियन सरकारको नीति अनुरूप कुन तिथिसम्म नेपाली विद्यार्थी अस्ट्रेलिया आउन पाउछन् भन्नेबारे धेरैमा चासोको विषय बनेको छ।
यस्तो अवस्थामा अस्ट्रेलियाका नेपाली शैक्षिक परामर्शदाता, नेपाली नियोग र अस्ट्रेलियन सरकारको नीतिका बारेमा हामीले सोधखोज गर्यौं। अस्ट्रेलियन केन्द्रिय सरकारले आगामी नोभेम्बरदेखि अन्तर्राष्ट्रिय बोर्डर खोल्ने र आवागमन सुचारु पार्ने निर्णय गरिसकेको छ।
यो सँगै आगामी नोभेम्बर १ देखि अस्ट्रेलियाबाट बाहिर जान र प्रवेशका लागि आवेदन दिन अब विदेशी नागरिकता भएका अभिभावक तथा विद्यार्थीले सक्ने भएका छन्।
नोभेम्बरदेखि अष्ट्रेलियामा प्रवेश सहज भए पनि प्रवेशाज्ञा पाएर अनलाइन पढिरहेका नेपाली विद्यार्थीका लागि स्वास्थ्य मापदण्डसहित डिसेम्बरदेखि ल्याउनसक्ने सम्भावना रहेको न्युसाउथवेल्सका महावाणिज्यदूत दिपक खड्काले बताए।
गत साता एनएसडब्लुका प्रीमियर डानियल एन्ड्रुजसँगको भेटपछि आफू थप उत्साही भएको महाबाणिज्यदूत खड्काले भने। भेटका क्रममा प्रीमियर डानियलले अन्तर्राष्ट्रिय विद्यार्थी राज्य सरकारको प्राथमिकताको विषय भएकोले जतिसक्दो चाडो उनीहरूलाई अष्ट्रेलिया ल्याउन आफूहरू लागिपरेको बताएको खड्काले बताए।
‘अन्तर्राट्रिय विद्यार्थी ल्याउँदै गर्दा प्राथमिकताका आधारमा पहिले प्रवेशाज्ञा पाइसकेका र अनलाइन पढिरहेका र त्यसपछि मात्र नयाँ विद्यार्थी ल्याउने योजना रहेको मन्त्री डानियलले बताएका छन्’, खड्काले भने।
खड्काले पछिल्ला केही भेटमा लिबरका नेता डेविड कोलम्यानलगायतले भ्याक्सीन समस्याका विषयमा सहजीकरण गरिदिएकोमासमेत धन्यवाद ज्ञापन गरे।
‘हामीले नेपालमा विद्यार्थीले अस्ट्रेलियन मापदन्डभन्दा फरक भ्याक्सीन लगाएका छन् त्यसलाई मान्यता दिनुपर्ने तर्क गर्यौं, उहाँहरूले सहज रूपमा स्वीकार गरीदिनु भएको छ’, उनले भने।
यता अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलाइन्स (एका) का अध्यक्ष भुपाल सिटौलाले नोभेम्बरदेखि अस्ट्रेलियन बोर्डर खुले पनि विद्यार्थीको आवागमन सहज रूपमा भने नयाँ वर्षदेखि हुनेमा आशा गरे।
‘नोभेम्बरमा सुरू भए पनि प्रारम्भमा अनलाइन पढिरहेको विद्यार्थीलाई प्राथमिकता दिएर ल्याउने काम हुन्छ। तर त्यसमा पनि नेपालको खोप कार्डलाई कुन रूपमा मान्यता दिने भन्ने विषय अझै स्पष्ट भएका छैनन्। विभिन्न राज्यका आ-आफ्ना स्वास्थ्य नीति र क्वारेन्टाइन विधि सार्वजनिक हुन केही दिन लाग्न सक्छ’, भुपालले भने।
शैक्षिक परामर्शदाता हरि पोखरेल यसलाई सकरात्मक शन्देशको रूपमा लिनुपर्ने बताउँछन्।
‘कोरोना माहामारीले संसार अस्तब्यस्त भएको बेला अस्ट्रेलियन सरकारले सुरक्षित अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने योजना बनाएको स्वागतयोग्य छ। मुख्य कुरा हरेक राज्यको फरक नीति नियम भएकाले कस्तो खाले स्वास्थ नियमन मान्नुपर्ने भन्ने विषय भने अझै निर्क्यौल नभएकाले केही दिन लाग्नसक्छ’, उनले भने।